single head

भोटेकोशी बाढी प्रभावितका लागि गैंडाकोटका तीन सामुदायिक वनद्वारा १ लाख ५० हजार सहयोग ।

single post top 1

गैँडाकोट । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि गैँडाकोट नगरपालिकामा रहेका तीन सामुदायिक वनले संयुक्त रूपमा १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

single p1

गैँडाकोटमा रहेका जयश्री सामुदायिक वन, नारायणी सामुदायिक वन र नन्दन सामुदायिक वनले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

single p2

सबडिभिजन वन कार्यालय गैडाकोटका प्रमुख सन्तोष मिश्रले सामुदायिक वनहरूबीचको सहकार्यबाट सामाजिक सेवाका कामलाई अझ प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गर्नुभयो। प्रमुख मिश्रले राज्यलाई दुःख परेको बेला सामुदायिक वनले संयुक्त रुपमा गरेको सहयोग सरानीय रहेको बताउनुभयो ।

नारायणी सामुदायिक वनका अध्यक्ष नेत्रराज सापकोटाका अनुसार बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले तीनवटै सामुदायिक वनको सहकार्यमा रकम संकलन गरी कोषमा जम्मा गरिएको हो।
त्यस्तै, नन्दन सामुदायिक वनका अध्यक्ष हरिमाया अधिकारीले विपद्का बेला पीडित नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएको बताउँदै सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वका कामलाई पनि प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो।
जयश्री सामुदायिक वनका अध्यक्ष भीमबहादुर कुमालले विपद्को पीडामा रहेका नागरिकलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो।

सामुदायिक वनहरूले आफ्नो नियमित संरक्षण तथा व्यवस्थापनका गतिविधिसँगै विपद्, सामाजिक सेवा र समुदायको हितका कार्यमा समेत सहयोग गर्दै आएका छन्। तीनवटै सामुदायिक वनको संयुक्त सहयोगले विपद्का समयमा स्थानीय संस्थाहरूबीचको सहकार्य र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3