देवचुली । रसुवाको बाढीमा परि ल्याएको पहिचान हुन नसकेको शवको व्यवस्थापन गरिएको छ । देवचुली स्थित दिव्य मध्यवर्ती सामुदायिक वन क्षेत्रमा नारायणी नदी क्षेत्रमा भेटिएका ५० भन्दा बढी शवको देवचुलीमा व्यवस्थापन गरिएको छ ।
बाढीमा बगाएर ल्याएका शवको आवश्यक परीक्षण तथा पहिचान सम्बन्धि प्रक्रिया पूरा भएपछी व्यवस्थापन गर्न लागिएको हो । हरेक शवमा पहिचान ट्याग लगाएर राखिएको र पछि डिएनए मिलेर कोही आफन्त आए झिकेर दिन मिल्ने गरि श वको व्यवस्थापन गरिएको हो । शव व्यवस्थापन गरिएको स्थानलाई तारबार सहित घेरेर सुरक्षित गरिने जनाइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र देवचुली नगरपालिकाद्वारा श वको व्यवस्थापन गर्न लागिएको हो । उक्त क्षेत्रमा गरिएको श व व्यवस्थापनको संघीय सांसद राजन गौतमले अवलोकन समेत गर्नुभएको थियो ।








