नवलपुर । भोटेकोशीमा आएका बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले एमआरआर नवलपुर र जेन्जी नवलपुरले राहत सामग्री सङ्कलन अभियान सञ्चालन गरेको छ। समूहले विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै शनिवारदेखि नवलपुर जिल्लाका गैंडाकोट ,दलदले कावसोती ,चोरमारा, दाउन्ने लगायतका ठाउँमा राहत सङ्कलन गरिएको एमआरआर नवलपुरले जनाएको छ । राहतमा खाद्यान्न ,कपडा ,मेडिकल सामाग्री (पन्जा मास्क आदि ) लगाएतका सामाग्री संकलन गरिएको समुहले जनाएको छ
बाढी तथा विपद्का कारण नागरिक समस्यामा परेका बेला उनीहरूको पीडामा साथ दिन र आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको जेन्जी नवलपुरले जनाएको छ ।
विपद्को समयमा प्रभावित परिवारलाई सहयोग पु¥याउन इच्छुक व्यक्ति, स्थानीय समुदाय तथा विभिन्न संघ–संस्थालाई अभियानमा जोडिन समूहले आग्रह गरेको छ। राहत सङ्कलन अभियानमार्फत सङ्कलित सामग्री बाढी प्रभावित परिवारसम्म पु¥याउने समूहले जनाएको छ।








