single head

नि:शुल्क खाने-बस्ने व्यवस्था, सहजीकरणमा नेपाली कांग्रेस गैंडाकोट नगर समितिले गर्ने

single post top 1
गैंडाकोट  । आकस्मिक विपत्तिका कारण बेपत्ता भएका आफन्तजनको खोजी गर्न तथा मृतकको शव पहिचानका लागि गैंडाकोट आउने पीडित परिवारजनका लागि बीपी स्मृति भवनमा खाने, बस्ने र आवश्यक सहजीकरणको व्यवस्था मिलाइएको छ।
नेपाली कांग्रेस गैंडाकोट नगर कार्यसमितिले विपद्का कारण संकटमा परेका नागरिकहरूलाई लक्षित गर्दै उक्त राहत तथा सहयोगको प्रबन्ध मिलाएको हो। नगर सभापति बद्री सापकोटाका अनुसार बेपत्ताका आफन्त खोजीमा जुट्दा भोग्नुपर्ने समस्यालाई ध्यानमा राख्दै पार्टीले स्थानीय स्तरमा आवास र भोजनको सम्पूर्ण जिम्मेवारी लिने निर्णय गरेको छ।
सापकोटाले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै भनेका छन्, “यस कठिन घडीमा नेपाली कांग्रेस गैंडाकोट नगर कार्यसमिति सम्पूर्ण आवश्यक सहयोगका लागि तयारी अवस्थामा छ। प्रभावित परिवारसम्म यो सूचना पुर्याएर सहयोग गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौँ।”
आफन्तको खोजी तथा पहिचानका लागि टाढा-टाढाबाट आउने परिवारजनलाई सहज होस् भन्ने उद्देश्यले बीपी स्मृति भवनलाई सम्पर्क तथा राहतस्थलका रूपमा प्रयोग गरिएको पार्टीले जनाएको छ। नगर समितिले विपद् प्रभावित क्षेत्रका मानिसहरूलाई यो सूचना यथाशक्य छिटो आदानप्रदान गरी सहयोग गरिदिन समेत अपिल गरेको छ। साथै नगर कांग्रेसले समस्या पर्नेहरूलाई सम्पर्क नम्बर: 9855046353,9855051413,9845055039
9855055924 मा सम्पर्क गर्न समेत आग्रह गरेको छ।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3