single head

बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि गैंडाकोट नगरपालिकाले ३५ लाख रुपैयाँ सहयोग गर्ने

single post top 1

गैंडाकोट। रसुवाका बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि गैंडाकोट नगरपालिकाले ३५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। नगर प्रमुख मदनभक्त अधिकारीको अध्यक्षतामा आज बसेको नगर कार्यपालिका बैठकले बाढीपहिरोबाट प्रभावित रसुवावासीका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा सो रकम जम्मा गर्ने निर्णय गरेको हो।

single p1

विपत्तिको यो घडीमा मानवीय सहायता प्रकट गर्दै नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले आफ्नै पारिश्रमिक कटौती गरेर रकम जुटाएका छन्। निर्णयअनुसार जनप्रतिनिधिहरूले १० दिनको सेवा सुविधा र कर्मचारीहरूले ७ दिनको तलब राहत कोषमा योगदान गर्नेछन्।

single p2

त्यसरी संकलित रकममा अपुग हुने बाँकी रकम नगरपालिकाको कोषबाट थप गरी कुल ३५ लाख रुपैयाँ पुर्‍याइने प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिए।

नगर प्रमुख मदनभक्त अधिकारीले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको मानवीय कर्तव्य भएको बताए। “अविरल वर्षाका कारण रसुवामा ठूलो क्षति पुगेको छ,” नगर प्रमुख अधिकारीले भने, “हाम्रा जनप्रतिनिधि, कर्मचारी र नगरपालिका कोषको संयुक्त योगदानबाट जुटाइएको यो रकमले बाढीपीडितको उद्धार र पुनःस्थापनामा केही राहत पुग्ने विश्वास लिएका छौँ।”

केन्द्रीय कोषमार्फत पठाइने सो रकमले रसुवाका प्रभावित परिवारलाई तत्काल खाद्यान्न, स्वास्थ्य उपचार र अस्थायी आवास निर्माणमा टेवा पुग्ने नगरपालिकाले जनाएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3