single head

सन्दीप लामिछानेले एक महिनाको तलब विपद् कोषमा दिने

single post top 1

काठमाण्डाै । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उनले बाढीबाट प्रभावितहरूका लागि सहयोग गर्ने बताएका हुन् ।

single p1

यस्तै सन्दीपले एसीसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्काबापत समान १ हजार ५०० रुपैयाँ सहयोग गर्ने उल्लेख गरेका छन् । यो रकम बाढीबाट प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन खर्च गरिने सन्दीपको भनाइ छ ।

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3