single head

गैंडाकोटस्थित जनक कलेजको स्थापना दिवस सम्पन्न ।

single post top 1

​गैडाकोट, भाद्र १७ गते ।
​गैंडाकोटस्थित जनक कलेजले आज एक विशेष समारोहका बिच आफ्नो स्थापना दिवस भव्य रूपमा मनाएको छ। कलेज परिसरमा दीप प्रज्वलन गरी स्थापना दिवस मनाइएको कलेजका प्राचार्य प्रध्युम्न ढुंगानाले जानकारी दिनुभयो। ​विक्रम संवत् २०६४ मा स्थापना भएको यस कलेजमा हाल व्यवस्थापन संकायतर्फ स्नातक तहको अध्ययन अध्यापन हुँदै आएको छ। नवलपुर, तनहुँ, पर्वत, बाग्लुङ् र चितवन क्षेत्रका विद्यार्थीहरूको प्रमुख रोजाइमा पर्न सफल यस कलेजमा हाल ४०० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्। स्थापना दिवसको अवसरमा आज शुभकामना दिदै कलेज सञ्चालक समितिका अध्यक्ष कमलप्रसाद पराजुलीले कलेजले समुदायमा पुर्‍याएको योगदानप्रति खुसी व्यक्त गर्नुभयो। यस क्षेत्रमै उत्कृष्ट कलेजका रूपमा स्थापित हुन सकेको र स्थानीय विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल भएकोमा हामी उत्साहित छौँ,ू उहाँले भन्नुभयो। आगामी दिनमा यस विद्यार्थीहरुको चाहना अनुसार कलेजको विस्तार गर्दै लैजाने योजना रहेको पनि अध्यक्ष पराजुलीले बताउनुभयो । ​त्यस्तै, कलेजका प्राचार्य प्रध्युम्न ढुंगानाले कलेजले प्रत्येक वर्ष शैक्षिक प्रगति गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा थप नयाँ विषयहरूसहित पठनपाठन विस्तार गर्ने योजना रहेको बताउनुभयो। कलेजलाई यस क्षेत्रकै उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्न आफूहरू निरन्तर लागिपर्ने उहाँको भनाइ रहेको थियो। ​सो अवसरमा अध्यक्ष पराजुली तथा प्राचार्य ढुंगानाले सम्पूर्ण पूर्व एवं वर्तमान विद्यार्थी, प्राध्यापक, सञ्चालक समिति र सम्पूर्ण सर्वसाधारणलाई स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो। उक्त दिप प्रज्ज्वलन कार्यक्रममा कलेजका सञ्चालक समितिका पदाधिकारीहरु, प्राध्यापकहरु लगायत विद्यार्थीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3