single head

नेपाल शिक्षक महासंघ गैँडाकोटद्वारा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई स्वागत।

single post top 1

 ​कात्तिक १३,गैंडाकोट। नेपाल शिक्षक महासंघ गैंडाकोट नगर समितिको आयोजनामा आज शुभकामना आदानप्रदान एवं स्वागत कार्यक्रम सम्पन्न भएको छ। महेन्द्र स्मारक आधारभूत विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा गैंडाकोट नगरपालिकाका नवआगंतुक प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीलाई खादा, माला र अबिर लगाई औपचारिक स्वागत तथा सम्मान गरिएको थियो ।

single p1

​कार्यक्रमका आफ्नो मन्तव्य ब्यक्त गर्दै प्रमुख अतिथि एवं नेपाल शिक्षक महासंघ नवलपुरका उपाध्यक्ष हिमालदेव पंगेनीले शिक्षक महासंघ केवल पेशागत हकहितका लागि मात्र नभई शिक्षाको समग्र सुधारका लागि नीतिगत सुझाव दिने रचनात्मक संस्था भएको बताउनुभयो। स्थानीय तह र शिक्षकबीचको बलियो सहकार्यले मात्र नगरको शिक्षा क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सकिने उल्लेख गर्दै उहाँले प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई शिक्षकहरूसँग सहकार्य गर्दै अगाडि बढ्न सुझाव दिनुभयो।

single p2

​गैंडाकोट शैक्षिक हबका रूपमा विकास भइरहेको सन्दर्भ जोड्दै उपाध्यक्ष पंगेनीले शैक्षिक गुणस्तर वृद्धि, सार्वजनिक शिक्षाको सुदृढीकरण र शिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालनमा जोड दिन नगरपालिकाको ध्यानआकर्षण गराउनुभयो। साथै, उहाँले प्रशासकीय अधिकृत सुवेदीको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
​महासंघका गैंडाकोट नगर अध्यक्ष शिवराज काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य, नेपाल शिक्षक संघ गण्डकी प्रदेश उपाध्यक्ष विष्णु रिजाल, नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश उपाध्यक्ष बलराम रानाभाट र नेपाल शिक्षक संघ नवलपुरका अध्यक्ष इन्द्रराज भट्टराई लगायतले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।


​कार्यक्रममा नेपाल शिक्षक संघ गैंडाकोटका अध्यक्ष गोविन्द रिमाल, नेपाल राष्ट्रिय शिक्षक संगठन गैंडाकोटका अध्यक्ष रोशन मल्ल, कृष्ण गण्डकी मावि गैंडाकोटका प्रधानाध्यापक सूर्यनाथ तिवारी, दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण खरेल, जनक नमुना माविका प्रधानाध्यापक बुद्धीसागर पण्डित लगायत विभिन्न विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो।
​नेपाल शिक्षक महासंघ गैंडाकोट नगर सदस्य नरीमाया रानाभाटको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल शिक्षक महासंघ गैंडाकोटका सचिव गोविन्द चालिसे उपाध्यायले गर्नुभएको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3