गैंडाकोट । रगतको अभावमा बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गैंडाकोटस्थित मौलाकालिका मन्दिर परिसरमा यहि कार्तिक १४ गते शनिवार रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
नेपाल ब्लड डोनर्स संस्था नवलपरासी, धार्मिक सेवा समिति, लायन्स क्लब अफ गैंडाकोट, मौलाकालिका केबलकार तथा वे ग्रुपको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हो।
आयोजकका अनुसार रक्तदान कार्यक्रममार्फत रगतको अभावमा रहेका बिरामीको उपचारमा सहयोग पु¥याउनुका साथै रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
पछिल्लो समय रगतको माग बढ्दै जाँदा बिरामीको उपचारमा सहज रूपमा रगत उपलब्ध गराउनु चुनौतीपूर्ण बन्दै गएको छ। यस्तो अवस्थामा रक्तदानले बिरामीको जीवनरक्षामा महत्वपूर्ण योगदान पु¥याउने भएकाले आयोजकले सम्पूर्ण स्वस्थ व्यक्तिलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आह्वान गरेका छन्।
प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुर, चितवनको प्राविधिक सहयोगमा सञ्चालन हुने कार्यक्रमले मानवीय सेवा, सामाजिक उत्तरदायित्व र सहयोगको भावनालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
मौलाकालिका परिसरमा रक्तदान कार्यक्रम आयोजना हुँदै, रक्तदानका लागि आयोजकको आह्वान









