single head

विकूमा दिगो वित्त मार्गदर्शनसम्बन्धी कार्यशाला सम्पन्न

single post top 1

गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा दिगो वित्त मार्गदर्शिका (Sustainable Finance Compass–SFC) सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।
बुधबार जर्मन संस्था DSIK (German Sparkassenstiftung for International Cooperation) को सहकार्यमा आयोजित कार्यशालामा दिगो वित्तको अवधारणा, वातावरणीय, सामाजिक तथा सुशासनसम्बन्धी पक्ष (ESG Evaluation Tools), संस्थाको नयाँ रणनीति, व्यावसायिक सञ्चालन, प्रभावकारी सूचना प्रणाली र वित्तीय जोखिम व्यवस्थापनलगायत विषयमा छलफल तथा मूल्याङ्कन गरिएको थियो। सहकारी संस्थाको संस्थागत क्षमता अभिवृद्धि, वित्तीय जोखिम न्यूनीकरण तथा दीर्घकालीन स्थायित्व कायम गर्न दिगो वित्तको प्रभावकारी कार्यान्वयनका विषयमा समेत कार्यशालामा विचारविमर्श गरिएको थियो।
कार्यशालामा DSIK जर्मनीका प्रशिक्षकद्वय थोमस कोनिट्जर (Mr Thomas Konitzer) र जान बायर (Mr Jan Bayer), DSIK का नेपाल प्रतिनिधि सञ्जय झा तथा नेफ्स्कूनका सहायक प्रमुख कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालको सहभागिता रहेको थियो। त्यसैगरी, विकू संस्थाका सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलसहित उच्च व्यवस्थापन तहका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो। कार्यशाला संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो।
दिगो वित्तसम्बन्धी अभ्यासलाई सहकारी संस्थाको नीति, रणनीति तथा दैनिक कार्यसञ्चालनमा समेट्दै संस्थालाई थप उत्तरदायी, पारदर्शी र दिगो बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3