single head

पतना देवी टोल विकास संस्थाद्वारा बाढी प्रभावितको लागि ३१ हजार ८९१ रुपैयाँ सहयोग

single post top 1

गैँडाकोट । भोटेकोशी नदीमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकहरूको सहयोगका लागि गैँडाकोट नगरपालिका–५ स्थित पतना देवी टोल विकास संस्थाले रु. ३१ हजार ८९१ सहयोग गरेको छ।
संस्थाले बाढी तथा विपद् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो।
मानवीय सेवामा आफ्नो सानो प्रयासस्वरूप संस्थाले विपद्का बेला प्रभावित परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराएको जनाएको छ। संस्थाको यो सहयोगले विपद्का समयमा सामाजिक एकता, सहकार्य र मानवीय सेवाको भावनालाई थप बलियो बनाएको छ।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3