single head

प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा मौलाकाली सामुदायिक वनद्वारा १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

single post top 1

गैँडाकोट । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि गैँडाकोटस्थित मौलाकाली सामुदायिक वनले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

single p1

मौलाकाली सामुदायिक वनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बाढी तथा विपद्का कारण प्रभावित नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले सामुदायिक वनले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।

single p2

मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटाले विपद्को समयमा  नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको भन्दै सामुदायिक वनले वन संरक्षण र व्यवस्थापनका कामसँगै सामाजिक उत्तरदायित्वका गतिविधिलाई पनि प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो।

अध्यक्ष सापकोटाले भोटेकोशी बाढीबाट धेरै परिवार प्रभावित भएको अवस्थामा  मौलाकाली सामुदायिक वनको तर्फबाट सानो भए पनि मानवीय सहयोग गरिएको बताउनुभयो। उहाँले विपद्को समयमा व्यक्ति, संस्था र समुदाय सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

मौलाकाली सामुदायिक वनले यसअघि पनि उपभोक्ता तथा स्थानीय समुदायको हितसँगै सामाजिक सेवा, वातावरण संरक्षण र समुदायमुखी विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3