single head

बाढी प्रभावितका लागि विजय महिला समूहको सहयोग

single post top 1

गैँडाकोट । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि गैँडाकोट नगरपालिका–८ स्थित विजय महिला समूहले रु. ३१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो। बाढी तथा विपद्बाट प्रभावित परिवारलाई सहयोग पु¥याउने उद्देश्यले समूहले यस वर्षको तीजमा आयोजना गर्ने दर खाने कार्यक्रम स्थगित गरी सोही कार्यक्रमका लागि छुट्याइएको रकम संकलन गरेर सहयोग गरेको जनाएको छ।
विपद्को समयमा पीडितको साथमा उभिनुपर्ने सामाजिक दायित्वलाई आत्मसात् गर्दै दर खाने कार्यक्रमको खर्च कटौती गरी सहयोग गरिएको समूहले जनाएको छ।
विजय महिला समूहको यो सहयोगले विपद्का बेला सामाजिक संघसंस्था तथा समुदायको मानवीय सहयोग र एकताको सन्देश दिएको छ।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3