single head

पारिजात आमा समूहले ५५ हजार ७ सय ७५ रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गर्यो

single post top 1
गैंडाकोट  । गैँडाकोट नगरपालिका वडा नम्बर ५ मा रहेको पारिजात आमा समूहले ५५ हजार ७ सय ७५ रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरी यस वर्षको हरितालिका तीजको दर खाने कार्यक्रम स्थगित गरेको छ। प्राकृतिक विपत्तिका कारण मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेका बेला सामाजिक दायित्व बहन गर्दै समूहले उक्त सहयोग रकम कोषको खातामा पठाएको हो।
तीज मनाउन र दर खानका लागि छुट्याइएको बजेटलाई तडकभडकमा सिध्याउनुभन्दा विपद्‌मा परेका नागरिकको उद्धार तथा राहतमा लगाउनु उपयुक्त हुने ठानेर कार्यक्रम स्थगित गरिएको महिला समूहले जनाएको छ।
“अप्ठ्यारोमा परेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग गर्नु नै वास्तविक धर्म र संस्कृति हो,” आमा समूहले भनेको छ, “त्यसैले तीजको दर खाने खर्च कटौती गरेर राहत कोषमा जम्मा गरेका हौँ।”
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3