single head

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा खटाईयो सशस्त्र प्रहरी

single post top 1

काठमाडौं । सरकारले सुन तस्करीका कारण बदनाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा सशस्त्र प्रहरी खटाएको छ। सोमबारदेखि विमानस्थलको भन्सार चेकजाँचमा सशस्त्र प्रहरी खटाइएको हो।

single p1

विमानस्थल भन्सारको आग्रहमा सरकारले सशस्त्र प्रहरीललाई  भन्सार क्षेत्रमा चेकजाँच गर्न खटाएको बुझिएको छ।

single p2

भन्सारमा हुने अवैध तस्करी रोक्ने उद्देश्यले  सशस्त्र प्रहरी सहयोगीका रुपमा खटाइएको त्रिवि भन्सारले जानकारी दिएको हो। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस २६ मा भन्सारमा सशस्त्र प्रहरी खटाउने निर्णय गरेका थिए।

सुरक्षा संवेदनशीलता, कामको बढ्दो चुनौतीलगायत विशेष आवश्यकतालाई दृष्टिगत गरी सशस्त्र प्रहरी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। त्रिवि इन्स्पेक्टरको कमान्डमा ३० जनाको टोली परिचालन हुनेछ भने एक सिफ्टमा पाँच सशस्त्र प्रहरी खटाइनेछ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3