काठमाण्डौ। नेपाल प्रिमियर लिग एनपीएल मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो। चितवनका लागि डेभिड मलानले सर्वाधिक ३५ रन बनाए । कुशल मल्लले १५, रवि बोपाराले १३ र कामिल मिसाराले १२ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८८ रन बनाएको थियो। कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए । आजको जीतपछि ७ अङ्क जोडेको चितवन तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
आजको जीतसँगै चितवनले प्लेअफ सम्भावना बलियो बनाउँदा पहिलो संस्करणको विजेता जनकपुर भने प्रतियोगिताबाट बाहिरिएको छ ।
भोलि बेलुका ५ बजे विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।









