काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आज सूचना जारी गर्दै सो जानकारी दिएको हो ।यसअघि छठका दिन कात्तिक २९ गते आइतबार सार्वजनिक घोषणा भइसकेको थियो ।
छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य यदिई ब्रत समापन गर्ने परम्परा रही आएकाले छठको भोलिपल्ट सोमबारका दिन पनि सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।









