single head

बाबुराम गिरीको स्वरमा भजन संग्रह आउँदै, कालिका मन्दिरमा भिडियो छायाङ्कन सम्पन्न ।

single post top 1

गैंडाकोट । अस्ट्रेलियामा बस्दै आउनुभएका गैंडाकोट नगरपालिका–५ निवासी बाबुराम गिरीको स्वरमा तयार भएको भजन संग्रहको भिडियो छायाङ्कन सम्पन्न भएको छ। धार्मिक आस्था, संस्कृति र आध्यात्मिक भावनालाई सङ्गीतमार्फत प्रस्तुत गर्ने उद्देश्यले तयार पारिएको भजन संग्रह छिट्टै सार्वजनिक हुने तयारीमा रहेको छ।

single p1

गिरीको स्वर, शब्द र सङ्गीतमा तयार भएको उक्त भजन संग्रहको भिडियो गैंडाकोट नगरपालिका–८ स्थित कालिका मन्दिर तथा कालिका आश्रम परिसरमा छायाङ्कन गरिएको हो। भजन संग्रहको छायाङ्कन तथा निर्देशन दुर्गा पौडेलले गर्नुभएको छ। भजन गीतको भिडियोमा गायक गिरी लगायत परिवार, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष दीपक खड्का र गैंडाकोट वरिपरिका महानुभावहरूको अभिनय देख्न सकिन्छ।
अस्ट्रेलियामा बसोबास गर्दै आउनुभएका गिरीले धर्मप्रतिको आस्था र भजनप्रतिको रुचिका कारण यस क्षेत्रमा पाइला चालेको बताउनुभएको छ। साथीभाइको प्रेरणा र आफ्नै रुचिका कारण भजन गायनलाई अगाडि बढाएको गायक गिरी ले बताउनुभयो ।

single p2

धार्मिक तथा आध्यात्मिक भाव बोकेको भजन संग्रहको छायाङ्कन दृश्यले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। भजन संग्रह छिट्टै बाबुराम गिरीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिने तयारी गरिएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3