single head

गैंडाकोट नगरपालिकाको नगरप्रमुख पदका सम्भावित उम्मेदवार अधिवक्ता प्रकाश सापकोटा

single post top 1

गैंडाकोट । नवलपुरको गैंडाकोट नगरपालिकाको नगरप्रमुख पदका सम्भावित उम्मेदवार अधिवक्ता प्रकाश सापकोटाले आफ्नो शैक्षिक, व्यावसायिक तथा कानुनी अनुभवलाई स्थानीय तहको विकास र सुशासनमा लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

single p1

नगरप्रमुख पदका सम्भावित उम्मेदवारहरूको संवाद तथा अन्तरक्रिया क्लबमा सहभागी हुँदै उहाँले गैंडाकोटको समग्र विकासका लागि आफ्नो अवधारणा र भावी सोच सार्वजनिक गरेका हुन् । लामो समयदेखि उद्यमशीलता तथा व्यावसायिक क्षेत्रमा सक्रिय सापकोटासँग कानुन, अर्थशास्त्र र राजनीतिशास्त्रको राम्रो अध्ययन तथा व्यावहारिक अनुभव रहेको छ। उहाँ अधिवक्ताका रूपमा कानुनी सेवा प्रदान गर्दै आउनुभएको छ। व्यवसाय सञ्चालनका क्रममा हासिल गरेको व्यवस्थापकीय ज्ञान, आर्थिक गतिविधिको बुझाइ र कानुनी साक्षरतालाई स्थानीय सरकारको नीति निर्माण तथा प्रशासन सञ्चालनसँग जोड्नु नै आफ्नो मुख्य उद्देश्य रहेको उनले बताए ।

single p2

​नगरलाई आर्थिक रूपमा समृद्ध, सुशासित, पारदर्शी र नागरिकमैत्री बनाउने लक्ष्यसहित अगाडि बढ्नुभएका सापकोटाले भने, “शिक्षा, कानुनी स्पष्टता र वित्तीय व्यवस्थापनको अनुभवलाई स्थानीय तहको योजना कार्यान्वयन र सार्वजनिक सेवा प्रवाहमा उपयोग गर्दै गैंडाकोटलाई उत्कृष्ट र आधुनिक नगरका रूपमा विकास गर्न म प्रतिबद्ध छु।”

​स्थानीय विकास, आर्थिक गतिविधि विस्तार र सुशासनका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढेका सापकोटाको उम्मेदवारी चर्चालाई गैंडाकोटका स्थानीय नागरिक तथा बौद्धिक वृत्तले चासोका साथ हेरेका छन्।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3