single head

तिहार र छठ पर्वलाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय नवलपुरको आग्रह, पटका र जुवातासमा प्रतिबन्ध

single post top 1

नवलपुर । नेपालीहरूको महान् पर्व तिहार तथा छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले जिल्लावासीलाई आग्रह गरेको छ।
कार्यालयले सूचना जारी गर्दै चाडपर्वका अवसरमा सामाजिक सद्भाव कायम राख्न र सम्भावित दुर्घटना तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न विभिन्न गतिविधिमा रोक लगाएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार भुइँचम्पा, पटका, आतिसबाजीजस्ता विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण तथा प्रयोग गर्न निषेध गरिएको छ। त्यस्तै, जुवातासलगायतका कुनै पनि जुवाजन्य गतिविधि गर्न तथा गराउन नपाइने सूचनामा उल्लेख छ।
यसैगरी, प्रचलित कानुनबमोजिम बाहेक मदिराजन्य तथा मादक पदार्थको बिक्री वितरण गर्न, गराउन र मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि गतिविधि गर्न रोक लगाइएको छ।
त्यस्तै, परम्पराअनुसार खेलिने देउसी–भैलो कार्यक्रम राति ९ बजेसम्म मात्र सञ्चालन गर्न प्रशासनले अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सूचनाविपरीतका गतिविधि गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाद्वारा हस्ताक्षरित सूचनामा चाडपर्वलाई शान्तिपूर्ण वातावरणमा सुरक्षित, मर्यादित र सु–संस्कृत रूपमा मनाउन तथा सामाजिक सद्भाव कायम राख्न सबै जिल्लावासीमा अनुरोध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले चाडपर्वका समयमा हुन सक्ने सम्भावित दुर्घटना, विकृति र विसङ्गति न्यूनीकरण गर्न सम्बन्धित सबै सरोकारवालालाई सहयोग गर्नसमेत आग्रह गरेको छ।

single p1

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3