गैँडाकोट । गैँडाकोटमा जारी तेस्रो वडास्तरीय क्रिकेट प्रतियोगिता–२०८३ को दोस्रो चरणका खेलहरूको तालिका सार्वजनिक गरिएको छ। गैँडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत दोस्रो चरणका खेलहरू यही कार्तिक २७ गतेदेखि सुरु हुने भएका छन्।
गैँडाकोट–९ स्थित नवजागरण क्रिकेट मैदानमा हुने दोस्रो चरणको पहिलो खेल बिहान ८ः३० बजे सुरु हुनेछ। समूह ए अन्तर्गतको पहिलो खेलमा वडा नम्बर २ र वडा नम्बर १० बीच प्रतिस्पर्धा हुनेछ।
त्यस्तै, दोस्रो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। समूह ‘बी’ अन्तर्गत हुने उक्त खेलमा वडा नम्बर ६ र वडा नम्बर १२ बीच प्रतिस्पर्धा हुने गैडाकोट क्रिकेट क्लबको अध्यक्ष दीपक रिमालले जानकारी दिनुभयो ।
तेस्रो गैँडाकोट वडास्तरीय क्रिकेट प्रतियोगिता–२०८३ ले नगरभित्रका वडाहरूबीच खेलकुदको विकास, आपसी सद्भाव र खेलाडीहरूको प्रतिभा पहिचान तथा प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको गैंडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाले जानकारी दिनुभयो छ।









