single head

कालिका मन्दिर कालिका आश्रमको नवनिर्वाचित कार्यसमितिद्वारा पद तथा गोपनीयताको शपथ

single post top 1

गैँडाकोट(नवीन S सुवेदी)। नवलपुरको गैँडाकोट नगरपालिका–८ मा रहेको कालिका मन्दिर कालिका आश्रमको नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिएको छ।
मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक ओमप्रसाद सापकोटाले सर्वसम्मत रूपमा चयन भएको नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।

single p1

नयाँ कार्यसमितिको अध्यक्षमा पशुपति सापकोटा, वरिष्ठ उपाध्यक्षमा दयासागर सुवेदी, उपाध्यक्षमा ज्ञानेन्द्र सापकोटा, सचिवमा पदमा देवी शर्मा सुवेदी, कोषाध्यक्षमा प्रेमप्रसाद सापकोटा, सह सचिवमा विष्णुप्रसाद चापागाईं र सहकोषाध्यक्षमा ओमप्रसाद शर्मा पौडेल चयन हुनुभएको छ।

single p2

त्यस्तै सदस्यहरूमा इन्द्रराज ज्योति पौडेल, डिला सुवेदी शर्मा, श्यामकला वन र ज्ञानमाया सुवेदी चयन हुनुभएको छ।
यसैगरी लेखा समिति संयोजकमा कृष्णप्रसाद ज्ञवाली तथा सदस्यहरूमा गंगादेवी शर्मा सुवेदी र मेघराज गिरी चयन हुनुभएको मन्दिरका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष दयासागर सुवेदीले जानकारी दिनुभयो।

निर्वाचन समितिको संयोजकमा ओमप्रसाद सापकोटा तथा सदस्यहरूमा प्राध्यापक डा. रामचन्द्र कँडेल र करुणासागर सुवेदी रहनुभएको थियो।

नवनिर्वाचित अध्यक्ष पशुपति सापकोटाले मन्दिरको धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै सबैको साथ र सहयोगमा कालिका आश्रमको विकास र संरक्षणका लागि प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो ।

निर्वाचन समिति संयोजक ओमप्रसाद सापकोटाले नवनिर्वाचित कार्यसमितिले मन्दिरको गरिमा र धार्मिक महत्वलाई कायम राख्दै संस्थाको विकास, व्यवस्थापन र पारदर्शिताका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास लिएको बताउनुभयो।

सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएसँगै कालिका मन्दिर कालिका आश्रमको आगामी कार्यकालमा धार्मिक गतिविधि, संस्थागत विकास तथा सामाजिक सेवाका कार्यक्रम थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3