single head

एम्स एर्बोड एजुकेसन द्धारा नारायणी सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान

single post top 1
गैंडाकोट। एम्स एर्बोड एजुकेसन, गैंडाकोटले नारायणी सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको छ । आज बिहिबार आफ्नै कार्यालयमा समूहका सम्पूर्ण टिमलाई सम्मान पत्र र खादा ओडाई सम्मान गरेको हो ।
नारायणी सामुदायिक वनले पछिल्लो समय गणेशमान सिंह राष्ट्रिय पुरस्कार प्राप्त गरि गैंडाकोटको नाम सबै माझ चिनाउन सफल भएकोले सम्मान गरिएको एम्स एर्बोड एजुकेसन, गैंडाकोटका प्रबन्ध निर्देशक कृष्ण कंडेलले बताउनुभयो ।
गैडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले कक्षा १२ पास भएपछि विद्यार्थीहरू बाहिर जानको लागि तयारी गरिरहेका हुन्छन् तर कक्षा १२ पास पछि पनि यही पढेर देशको लागि केही गर्नुपर्ने बताउनुभयो। उहाँले आजकल विद्यार्थीहरू बाहिर जाने लहर नै चलेको छ त्यसैले यदि जानै पर्यो भने आधिकारिक ठाउँबाट शैक्षिक परामर्श लिएर विदेश जाने र त्यहाँ सिकेको सिपलाई नेपालमै फर्केर केही गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो
सम्मान ग्रहण पश्चात नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रराज सापकोटाले सम्मान गर्ने संस्थालाई धन्यवाद दिनुभयो । राम्रो कार्यको प्रशंसा गरिदिँदा थप राम्रो काम गर्न उर्जा मिलेको उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटका उद्योग तर्फका उपाध्यक्ष दिपक भट्टराई, अंकुरम एकेडेमीका प्रिन्सीपल सुमन पौडेललाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रम गैंडाकोट नगरका नगर प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा गरिएको थियो । कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ गैंडाकोटका प्रथम उपाध्यक्ष तथा पूर्व जनप्रतिनिधि नवराज कंडेलको पनि विशेष अतिथ्यता रहेको थियो ।कार्यक्रमको सहजीकरण एजुकेसनका काउन्सिलर दिनेश पण्डितले गर्नुभएको थियो।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3