गैँडाकोट । नमुना शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १३औँ वार्षिक साधारण सभा तथा चौथो नेतृत्व चयन कार्यक्रम असोज ३ गते हुने भएको छ।
संस्थाले जारी गरेको सूचनाअनुसार साधारण सभा अगामी असोज ३ गते शनिबार बिहान १० बजे संस्थाको सभाहलमा आयोजना हुनेछ। साधारण सभासँगै संस्थाको नयाँ नेतृत्व चयन गर्ने कार्यक्रमसमेत तय गरिएको छ।
साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, आगामी योजना तथा खानेपानी सेवा थप प्रभावकारी बनाउने विषयमा छलफल हुने जनाइएको छ।
नमुना शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले स्थानीय उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउँदै खानेपानी व्यवस्थापन तथा सरसफाइका क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले उपभोक्ताको आवश्यकता र मागअनुसार सेवा विस्तार तथा सुधारलाई प्राथमिकतामा राख्दै आएको संस्थाले जनाएको छ।
संस्थाका अध्यक्ष जयराम कँडेलले साधारण सभा संस्थाको महत्वपूर्ण वार्षिक कार्यक्रम भएकाले सम्पूर्ण उपभोक्ताको सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले संस्थाको आगामी योजना, सेवा सुधार र नयाँ नेतृत्वका विषयमा साधारण सभाबाट महत्वपूर्ण निर्णय हुने भएकाले उपभोक्ताहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो।








