single head

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

single post top 1

भदौ २७,गैंडाकोट । नवलपुरको गैंडाकोट नगरपालिका–१२, हर्कपुरमा दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्।

single p1

शनिबार बिहान करिब ६:५० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत हर्कपुरमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको हो |

single p2

दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको गैंडाकोट प्रहरीले जनाएको छ।  

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3