single head

सहकारी समन्वय मञ्च गैंडाकोटको चौथो साधारण सभा सम्पन्न

single post top 1

गैंडाकोट। सहकारी समन्वय मञ्च गैंडाकोटको चौथो साधारण सभा सम्पन्न भएको छ। मंगलबार गैंडाकोटस्थित विजय विकास स्रोत केन्द्रको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले सहकारी संस्थाहरूले सदस्यको आर्थिक अवस्था सुधारसँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। नगरप्रमुख अधिकारीले  सहकारीहरूबीच समन्वय, पारदर्शिता र सुशासन कायम गर्दै सदस्यको विश्वास जितेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

single p1

गैंडाकोट नगरपालिका सहकारी शाखा प्रमुख देवेन्द्र गौतमले सुशासन कायम भए मात्र सहकारीप्रति सदस्य तथा समुदायको विश्वास बढ्ने बताउनुभयो।
मञ्चका संस्थापक अध्यक्ष खेमराज सापकोटाले सहकारी संस्थाहरूबीच सहकार्य र समन्वयको आवश्यकता महसुस गरी मञ्च स्थापना गरिएको बताउँदै सहकारीका साझा समस्या समाधानका लागि मञ्चले प्रभावकारी भूमिका खेल्नुपर्ने  बताउनुभयो।

single p2

सहकारी अभियन्ता इन्द्रराज ज्योति पौडेलले सहकारी अभियानलाई थप व्यवस्थित र विश्वसनीय बनाउन सञ्चालक, कर्मचारी र सदस्य सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो।

त्यस्तै, मञ्चका पूर्व अध्यक्ष ईश्वरीनाथ रिमालले सहकारी क्षेत्रले पछिल्लो समय विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख गर्दैे सहकारीबीचको एकता र साझा प्रयासबाट मात्रै चुनौतीको सामना गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

साधारण सभामा मञ्चका सचिव मिलनराज घिमिरेले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष कान्तिमाया पुरीले आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक शम्भुप्रसाद कँडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

मञ्चका अध्यक्ष बाबुराम खनालले मञ्चले गैंडाकोटमा रहेका विभिन्न प्रकृतिका सहकारी संस्थालाई एउटै छातामुनि जोडेर सहकारी क्षेत्रका साझा सवालमा काम गर्दै आएको बताउनुभयो। अध्यक्ष  खनालले आगामी दिनमा सहकारीबीच थप समन्वय र सहकार्य गर्दै सदस्य तथा समुदायको हितमा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष खगराज सापकोटाले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव मिलनराज घिमिरेले गर्नुभएको थियो।
सहकारी समन्वय मञ्च गैंडाकोटमा बचत तथा ऋण, कृषि, सञ्चार, दुग्ध, शिक्षा लगायत विभिन्न प्रकृतिका ३५ वटा सहकारी संस्था आबद्ध रहेका छन्। साधारण सभामा मञ्चमा आबद्ध विभिन्न सहकारीका प्रतिनिधि, समाजसेवी तथा सहकारी अभियन्ताहरूको उपस्थिति रहेको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3