single head

भरतपुर आँखा अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न

single post top 1

भरतपुर । नेपाल नेत्रज्योति संघ हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्यायन संस्थान भरतपुर आँखा अस्पतालको आयोजनामा सोमबार अस्पताल परिसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ भरतपुर आँखा अस्पतालको सहकार्यमा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रक्तसंचार केन्द्र भरतपुरको प्राविधिक सहयोग रहेको थियो ।

single p1

नेपाल नेत्रज्योति संघ चितवनका सभापति तथा भरतपुर आँखा अस्पताल संचालक समितिका अध्यक्ष जयराम श्रेष्ठको अध्यक्षता तथा लायन्स क्लव अफ भरतपुर आँखा अस्पतालका अध्यक्ष आयुष पौडेलको सहअध्यक्षतामा सम्पन्न कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनल ३२५ आरका गभर्नर प्रभाकर पण्डित प्रमुख अतिथि रहनु भएको थियो ।

single p2

बोल्दै अध्यक्ष श्रेठले बाढीबाट ज्यान गुमाउने सबैप्रति अस्पताल परिवारको तर्फवाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भयो भने बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भयो । प्रमुख अतिथि पण्डितले रक्तदान जस्तो मानवीय सेवाको उत्कृष्ट कार्यमा हातेमालो गर्न पाएकोमा भरतपुर आँखा अस्पताललाई धन्यवाद व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रि उपाध्यक्ष तथा बागमती प्रदेशका सभापति ऋषिराम पौडेल, नेपाल नेत्रज्योति संघ चितवनका उपसभापति तेजेन्द्र बहादुर खड्का, नेपाल नेत्रज्योति संघ चितवनका सचिव केशव प्रसाद अधिकारी, नेपाल नेत्रज्योति संघ चितवनका निवर्तमान सभापति कृष्णराज धरेल, लायन्स इन्टरनेशनल ३२५ आरका पुर्व डिष्ट्रिक गभर्नर सिद्धार्थलाल चुके, सेकेण्ड डिष्ट्रिक गभर्नर कमल श्रेष्ठ, सचिव पुर्ण शर्मा, क्लस्टर चिफ मोहन केसी, भरतपुर आँखा अस्पताल संचालक समितिका सदस्य दिनेश खनाल, भरतपुर आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर सह प्रा.डा. पुष्पा गिरी, डा. सुनु दुलाल, डा. राजा हुसेन, डा. हिमाल गिरी, डा. मारीया गौतम, वाह्य कार्यक्रम संयोजक रमेश घिमिरे, आई बैंक कोअर्डिनेटर छाँया श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधि सिजन लामिछानेलगायतको सहभागिता रहेको थियो ।

यहि भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै घाईतेको उपचारमा सहजताको लागि बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको अस्पतालका वरिष्ठ अस्पताल प्रशासक दयाशंकर चौधरीले जानकारी दिनु भयो । अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम आयोजना गरेको वताउँदै चौधरीले कार्यक्रमले घाईतेको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3