single head

अन्तर विद्यालय मैत्रीपूर्ण शिक्षक फुटसल प्रतियोगितामा गैंडाकोट इङ्गलिस स्कूल प्रथम

single post top 1

गैंडाकोट । गैंडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न अन्तरविद्यालय मैत्रीपूर्ण शिक्षक फुटसल प्रतियोगिताको उपाधि गैंडाकोट इङ्ग्लिस स्कुलले जितेको छ।

single p1

गैंडाकोट इङ्ग्लिस स्कुलले फाइनल खेलमा साइनिङ्ग इङ्ग्लिस सेकेण्डरी स्कुललाई ६–१ गोल अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो। प्रतियोगितामा साइनिङ्ग इङ्ग्लिस सेकेण्डरी स्कुल दोस्रो भएको छ।

single p2

साइनिङ्ग इङ्ग्लिस सेकेण्डरी स्कुलमा आयोजित प्रतियोगितामा गैंडाकोट नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत गरी २० वटा विद्यालयका शिक्षक टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताले शिक्षकहरूबीच आपसी सम्बन्ध, सहकार्य तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुर्‍याएको आयोजकले जनाएको छ। प्रतियोगिताको समापन समारोहमा विजेता तथा उपविजेता टोलीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

गैंडाकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले शिक्षकहरूको शारीरिक तथा बौद्धिक विकासलाई प्राथमिकता दिँदै आगामी दिनमा नगरपालिकाले विभिन्न कार्यक्रम आयोजना गर्ने बताउनुभयो। उहाँले शिक्षकहरूलाई नियमित रूपमा शारीरिक गतिविधि तथा सिर्जनात्मक कार्यक्रममा सहभागी गराउँदा कार्यक्षमता र आपसी समन्वयमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभयो।

समापन कार्यक्रममा नगर शिक्षा समिति सदस्य हिरालाल अर्याल, साइनिङ्ग इङ्ग्लिस स्कुलका प्रधानाध्यापक डा. लक्ष्मी दवाडी, जनक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डित, रत्नराज्य माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज काफ्ले, शिक्षा शाखाका प्राविधिक सहायक नेहाल गौतम लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण शिक्षा अधिकृत रामप्रसाद अधिकारीले गर्नुभएको थियो।

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3