single head

बिकुको ३७औँ वार्षिक साधारण सभा असोज ३ देखि विभिन्न सेवा केन्द्रमा हुँदै ।

single post top 1
गैँडाकोट । बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३७औँ वार्षिक साधारण सभा विभिन्न सेवा केन्द्रमा गर्ने भएको छ । संस्थाले सदस्यहरूको सहज सहभागिताका लागि सेवा केन्द्रअनुसार छुट्टा छुट्टै मिति, समय र स्थान निर्धारण गरी साधारण सभा गर्न लागेको हो ।
संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार एकाइ नम्बर १ अन्तर्गत जनकल्याण, अरुणखोला, चोरमारा, श्रीगणेश, गरिमा,नवलुम्बिनी , हिमकिरण, कोल्हुवा र कावासोती सेवा केन्द्रका सदस्यको साधारण सभा असोज ५ गते सोमबार बिहान ११ बजे ,कावासोती–१६, डण्डा बजारस्थित थारु राष्ट्रिय संग्रहालय परिसरमा हुनेछ ।
त्यस्तै एकाइ नम्बर २ अन्तर्गत प्रगतिनगर, दलदले, रजहर, अमरापुरी, हर्कपुर र भैँसाखोरी सेवा केन्द्रका सदस्यको सभा असोज ३ गते शनिबार बिहान ११ बजे गैँडाकोट–१२ स्थित जनता माध्यमिक विद्यालय परिसर, हर्कपुरमा आयोजना हुनेछ ।
एकाइ नम्बर ३ अन्तर्गत पूजा, स्वागत, दियालो, शरदगौरी, नवजागरण, कालिगण्डकी, मेलमिलाप, शिलान्यास र केन्द्रीय सेवा केन्द्रका सदस्यको साधारण सभा असोज ४ गते आइतबार बिहान ११ बजे गैँडाकोट–५ स्थित विजय सामुदायिक शिक्षा सदन परिसरमा हुने सूचनामा उल्लेख छ ।
यसैगरी साधारण सभाबाट हुने निर्णयको प्रमाणीकरणका लागि असोज १० गते शनिबार बिहान ११ बजे गैँडाकोट–८ विजय विकास स्रोत केन्द्रमा प्रमाणीकरण साधारण सभा आयोजना गरिने भएको छ ।
बिकु बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौड्यालका अनुसार साधारण सभा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था, आगामी योजना तथा सदस्यका सुझावमाथि छलफल गर्ने महत्वपूर्ण अवसर हो । उहाँले सदस्यहरूको सक्रिय सहभागिताबाट संस्थालाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै लैजान सहयोग पुग्ने बताउनुभयो ।
संस्थाले सदस्यको बचतको सुरक्षा, सहज कर्जा प्रवाहसँगै प्रविधिमैत्री वित्तीय सेवामा पनि जोड दिँदै आएको छ । संस्थाले मोबाइल एपमार्फत सदस्यलाई आधुनिक वित्तीय सेवा उपलब्ध गराएको संस्थालाई जनाएको छ।
बिकुले लामो समयदेखि बचत तथा ऋण कारोबारलाई व्यवस्थित गर्दै सदस्यकेन्द्रित वित्तीय सेवा प्रवाह गर्दै आएको छ । संस्थाले सदस्यलाई प्रविधिमैत्री सेवा उपलब्ध गराउन मोबाइल एप तथा डिजिटल सेवाको प्रयोगलाई समेत अघि बढाएको छ ।
सदस्यहरूको आर्थिक आवश्यकता सम्बोधन गर्दै बचतको बानी विकास, आवश्यकताअनुसार कर्जा सुविधा तथा वित्तीय अनुशासन प्रवर्द्धनमा सहकारीले भूमिका खेल्दै आएको छ ।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3