single head

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

single post top 1

चितवन । हानामी तेस्रो चितवन गोल्डकप फुटबलमा आयोजक भरतपुर फुटबल क्लब बिएफसीले विजयी सुरुवात गरेको छ । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा आज (शनिबार) भएको प्रतियोगिताको उद्घाटन खेलमा बिएफसीले पाकक्षम फुटबल क्लब भुटानलाई ६-१ ले हराउँदै विजयी सुरुवात गरेको हो । उसको जितमा गणश हमालले ह्याटि्रक गरे ।

single p1

यस्तै रोशन क्षेत्री, मुकुन्द निउरे र एबिन बस्यालले १-१ गोल गरे । पाकक्षमका लागी पेम्बा राईले एक मात्र गोल गरे । ह्याटि्रक गरेका बिएफसीका गणेश केल्मी प्लेयर अफ दि म्याच बने ।

single p2

प्रतियोगितामा भोलि (आईतबार) एप्पल गुरु सूर्यपुर एफसी र सात दोबाटो युथ क्लब ललितपुर भिड्नेछ । ८ टोली सहभागी प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3