single head

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित

single post top 1

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९ओभर ३ बलमा ११३ रनमा अलआउट भएको हो ।

single p1

कर्णालीका युनिस ठकुरी र हुसैन तलातले प्रभावशाली बलिङ गर्दै समान ३/३ विकेट लिए। नन्दन यादवले दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट हात पारे । जनकपुरका लागि कप्तान हरमित सिंह र मोइन अलीले समान १९ रन बनाए । अनिल साहले ११ रन जोडे । अभिषेक तिवारीले २० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

single p2

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो । कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। पवन सर्राफले ३७ रन जोडे । दीपक डुम्रेले १३ र गुल्सन झाले १२ रन बनाए ।

जनकपुरका लागि कप्तान हरमित सिंहले तीन विकेट लिए । मोइन अली र राहुल यादवले समान २/२ विकेट लिए भने ललित राजवंशीले एक विकेट लिए । एनपीएलमा भोलि एक खेलमात्र रहेको छ । बेलुका ५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3