single head

सहकारी सुशासनमा सञ्चालकको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

single post top 1

गैंडाकोट।  गैंडाकोटमा ”सहकारी सुशासनमा सञ्चालकको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मंगलबार विजय विकास स्रोत केन्द्रको सभाहलमा सहकारी समन्वय मञ्च गैंडाकोट र गैंडाकोट नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो।
कार्यक्रममा सहकारी संस्थामा सुशासनको आवश्यकता, सञ्चालकको जिम्मेवारी, पारदर्शिता, जवाफदेहिता तथा सहकारी संस्थालाई व्यवस्थित र विश्वसनीय बनाउन सञ्चालकले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल तथा प्रशिक्षण गरिएको थियो।

single p1

कार्यक्रममा सहकारी समन्वय मञ्चका संस्थापक अध्यक्ष खेमराज सापकोटाले सहकारीको सफल सञ्चालनका लागि सञ्चालकहरू जिम्मेवार, पारदर्शी र सदस्यप्रति जवाफदेही हुनुपर्ने बताउनुभयो। उहाँले सहकारी संस्थालाई बलियो बनाउन सञ्चालक, कर्मचारी र सदस्यबीचको विश्वास र सहकार्य महत्वपूर्ण हुने धारणा राख्नुभयो।
गैंडाकोट नगरपालिका सहकारी शाखा प्रमुख देवेन्द्र गौतमले सहकारी सञ्चालनमा नीति, विधि र कानुनको पालना अपरिहार्य रहेको बताउनुभयो। उहाँले सञ्चालकहरूले संस्थाको निर्णय प्रक्रियादेखि आर्थिक गतिविधिसम्म पारदर्शिता कायम गर्नुपर्ने र सदस्यको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सुशासन कायम भए मात्र सहकारीप्रति सदस्य तथा समुदायको विश्वास बढ्ने बताउनुभयो।
त्यस्तै, सहकारी समन्वय मञ्च गैंडाकोटका अध्यक्ष बाबुराम खनालले सञ्चालकहरूले संस्थाको अवस्था, नीति तथा निर्णयप्रति जिम्मेवार हुँदै जोखिम व्यवस्थापन, नियमित अनुगमन र सदस्यको हितमा केन्द्रित भएर काम गर्नुपर्ने धारणा राख्नुभयो।

single p2


कार्यक्रममा सहकारी संस्थाका सञ्चालक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सहकारी क्षेत्रमा देखिएका समस्या, चुनौती तथा सुशासन कायम गर्न अपनाउनुपर्ने उपायका विषयमा अन्तरक्रिया गरेका थिए।
कार्यक्रमले सहकारी सञ्चालकहरूलाई आफ्नो जिम्मेवारी, अधिकार र कर्तव्यबारे थप स्पष्टता प्रदान गर्नुका साथै संस्थामा पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3