single head

नवलपुरको पहाडबाट लामो समयदेखि निरन्तर धुवाँ, स्थानीयमा बढ्यो चिन्ता,संसद मै उठ्यो रहस्यमय घटनाको विषय !

single post top 1

भदौ २७ शनिबार ,नवलपुर  । हुप्सेकोट गाउँपालिका–६, पेलेगामा रहेको पहाडबाट लामो समयदेखि निरन्तर धुवाँको मुस्लो निस्किरहेको छ। पहाडको एक क्षेत्रमा पहिरो गएपछि उक्त स्थानबाट लगातार धुवाँ निस्किरहेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार धुवाँसँगै बारुदजस्तो पिरो गन्ध समेत आउने गरेको छ। लामो समयदेखि पहाडबाट धुवाँ निस्किरहेपछि यसको कारणबारे स्थानीयमा कौतुहलसँगै चिन्ता बढेको छ।
उक्त क्षेत्रमा धौबादी फलाम खानीसमेत रहेको हुँदा पहाडबाट निस्किरहेको धुवाँ र गन्धको विषयलाई लिएर स्थानीय थप सशंकित बनेका छन्। गाउँपालिकाले धुवाँ निस्कनुको कारण पहिचान गर्न खानी तथा भूगर्भ विभागलाई जानकारी गराएको जनाएको छ।
तर, फलाम खानीसँग जोडिएको उक्त भूगर्भीय क्षेत्रमा वास्तवमा के भइरहेको छ र धुवाँ कुन कारणले निस्किरहेको हो भन्ने विषयमा अहिलेसम्म यकिन निष्कर्ष सार्वजनिक भएको छैन। प्राविधिक परीक्षण तथा विस्तृत भूगर्भीय अध्ययनपछि मात्रै यसको वास्तविक कारण पत्ता लाग्ने देखिएको छ।
यसैबीच, जमिनमुनिबाट बारुदजस्तो पिरो गन्धसहित धुवाँ निस्किरहेको विषय नवलपुर–१ का सांसद राजन गौतमले शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा उठाएका छन्।
सांसद गौतमले धौबादी फलाम खानीसँग जोडिएको भूगर्भीय क्षेत्रसमेत भएकाले घटनालाई सामान्य रूपमा नलिई तत्काल वैज्ञानिक परीक्षण तथा विस्तृत भूगर्भीय अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3