single head

गैंडाकोटमा बृहत निःशुल्क आँखा शिविर हुने/ मोतियाबिन्दुका लागि निःशुल्क शल्यक्रियाको व्यवस्था

single post top 1

जेठ ८ गैडाकोट । गैंडाकोटको कालिका नमुना माध्यमिक विद्यालयमा बृहत निःशुल्क आँखा शिविर हुने भएको छ।

single p1

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा नेपाल नेत्र ज्योति सङ्घ, भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग र कालिका नमुना मावि गैंडाकोटको सहकार्यमा निःशुल्क आँखा परीक्षण शिविर हुने भएको छ।

single p2

यही जेष्ठ ९ गते शुक्रबार कालिका नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि निःशुल्क आँखा परीक्षण हुने भएको छ भने यही जेष्ठ १० गते शनिबारको दिन सम्पूर्ण स्थानीयवासीहरूका लागि निःशुल्क आँखा परीक्षण शिविर हुने कालिका नमुना माभिका प्रधानाध्यापक होमनाथ शर्माले बताउनुभयो।

आँखा परीक्षण शिविरमा सहभागीका लागि तत्काल आवश्यक पर्ने औषधि र विद्यार्थीहरूका लागि निःशुल्क चस्मा र मोतियाबिन्दु भएका व्यक्तिहरूका लागि निःशुल्क शल्यक्रियाको व्यवस्था पनि रहेको किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत संजय तिमल्सिनाले बताउनुभयो।

शुक्रबार र शनिबार दुइ दिन चल्ने  बृहत निःशुल्क आँखा शिविर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म संचालन हुनेछ । आयोजकले शिविरमा उपस्थित भई आफनो आँखा चेक जाँच गरि स्वास्थ्य लाभ लिन बिद्यार्थी ,शिक्षक कर्मचारी तथा अबिभाबक एबं स्थानीय बासीलाई आग्रह  गरेको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3