single head

‘होस्टेल ३’को ट्रेलर सार्वजनिक / युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

single post top 1

काठमाडौं । यही फागुन २३ गते रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक छ ।

single p1

शुक्रवार काठमाडौंमा आयोजित एक विशेष समारोहमा सार्वजनिक गरिएको यो ट्रेलर हाल नेपाल र कुवेतमा युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । त्यस्तै, यो ट्रेलर विश्वका विभिन्न १३ देशहरूमा ट्रेन्डिङमा रहन सफल भएको छ ।

single p2

नेपाल र कुवेतमा पहिलो स्थान हासिल गरेको यस ट्रेलरले विशेष गरी खाडी मुलुकहरू, युरोपियन देशहरू, बेलायत, जापान, अस्ट्रेलिया तथा कोरियामा यसको उल्लेखनीय प्रभाव देखिएको छ। कतारमा दोस्रो, पोर्चुगलमा तेस्रो, साउदी अरेबियामा चौथो, रोमानिया र संयुक्त अरब इमिरेट्स (UAE) मा पाँचौँ स्थान ओगट्न सफल भएको छ । यस्तै जापान र अस्ट्रेलियामा सातौँ स्थान, माल्टामा पनि सातौँ स्थान, मलेसियामा एघारौँ स्थान, दक्षिण कोरियामा चौधौँ स्थान, र बेलायत (UK) मा अट्ठाइसौँ स्थान ओगटेको छ ।

यो तथ्याङ्क हेर्दा नेपाली चलचित्रको ट्रेलरले नेपाल बाहिर पनि व्यापक दर्शक वर्गलाई आकर्षित गर्न सफल भएको देखिन्छ । सम्भवतः यति धेरै देशमा नेपाली चलचित्रको ट्रेलरको ट्रेन्डिङ पहिलो पटक हो र यो आफैँमा नेपाली चलचित्रको इतिहासमा एक रेकर्ड हुनसक्छ ।

ट्रेलरमा मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, र समा पराजुली देखिएका छन् । त्यस्तै, प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ प्रतिपक्षी भूमिकामा देखिन्छन् ।

‘होस्टेल’ चलचित्र शृङ्खलाले अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेन जस्ता कलाकारहरूलाई स्टारडम दिएको थियो । ‘होस्टेल ३’ले पनि नयाँ कलाकारलाई स्थापित गर्ने सम्भावना बलियो बनेको छ ।

चलचित्रको निर्देशन सशान कँडेलले गरेका छन्, जो दुई दशकदेखि सङ्गीत तथा म्युजिक भिडियो निर्देशनमा सक्रिय छन् । चलचित्रको कथा माधव शर्माले लेखेका हुन्, जसले एसोसियट निर्देशकको भूमिका पनि निभाएका छन् । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री रहेका छन् ।

चलचित्रको छायाङ्कन निर्देशन अर्जुन तिवारीले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन् । चलचित्रका एक्सन निर्देशक हिमाल केसी हुन् । सङ्गीतमा अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल छन् । नृत्य निर्देशन प्रवीण सिंह र रोशन विश्वकर्माले गरेका छन् ।चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गर्नेछन् ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3