फागुन ९ काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको एक लाख ७० हजार मा कारोबार भएको छ ।
बिहीबार प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य पाँचले घटेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ९० मा किनबेच हुनेछ ।
आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन २ हजार ९ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
कमेन्ट :