spot_img

Wednesday, December 10, 2025

नवलपुरमा १७ वर्षमुनिका पुरुष फुटबल खेलाडीहरुको छनौट

गैंडाकोट । नवलपुरमा १७ वर्षमुनिका पुरुष फुटबल खेलाडीहरुको छनौट कार्यक्रम सम्पन्न भएको छ। नवलपुर जिल्ला फुटबल संघको आयोजनामा शनिबार कावासोतीस्थित राम मन्दिर फुटबल मैदानमा सो कार्यक्रम भएको हो ।

नवलपुर खेलकुद विकास समितिका अध्यक्ष शेबहादुर पुनले यो कार्यक्रमको उद्देश्य नेपालका १७ वर्षमुनिका उत्कृष्ट युवा फुटबल प्रतिभाहरुलाई छनोट गरी राष्ट्रिय स्तरको टोली निर्माण गर्नु भएको बताउनु भयो ।

जिल्ला भरका १०० भन्दा बढी खेलाडी मध्येबाट १४ जना उत्कृष्ट खेलाडी छनौट गरिएको नवलपुर जिल्ला फुटबल संघका महासचिव लक्ष्मण कार्कीले जानकारी दिनु भयो  । छनौट भएका खेलाडीहरूलाई अब प्रदेश स्तरीय छनौटमा सहभागी गराइनेछ र तिनीहरूलाई आगामी SAFF U-17 प्रतियोगिताका लागि तयारी गराइने महासचिव कार्कीले बताउनु भयो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :