काठमाण्डौं । नेपाली काँग्रेसको १५ औ महाधिवेशन असोज १६ गतेदेखि १९ गते सम्म काठमाण्डौमा गर्ने निर्णय भएको छ । महाधिवेशनलाई प्राविधिक निर्वाचन प्रक्रियामा सिमित नराखी पार्टीको लोकतान्त्रीक नविकरण, एकता सहमति, सम्वाद र व्यापक सहभागितामा महाउत्वको रुपमा महाधिवेशन सम्पन्न गर्ने नेपाली काँग्रेसले निर्णय गरेको छ । नेपाली काँग्रेसको केन्द्रिय समितिको साउन २४ गतेदेखि भाद्र १ गते सम्म बसेको बैठकको निर्णयहरु सार्वजनिक गर्ने उद्येश्यले प्रकासन गरिएको विज्ञप्ती अनुसार निर्धारित समयमै महाधिवेशन गर्ने निर्णय गरेको जनाईएको छ । पछिल्लो समयमा पार्टी भित्र देखिएको विवादको विचमा नेपाली काँग्रेसले महाधिबेशनको मिति तय गरेकोमा इतर पक्षका नेताहरुले महाधिवेशनको मिति तोकेर समस्याको समाधान नगर्ने भन्दै संवादको लागि आह्वान गरेका छन् । तर गगन पक्षिय नेताहरुले भने महाधिवेशन नियमित समयमै गर्नु पर्ने भएकोले महाधिवेशनको मिति कुनै हालतमा नसर्ने कडा प्रतिक्रिया दिएका छन् । यसैबिच महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न विभागहरु एवम् उपसमितिहरु समेत गठन गरिएको छ ।







