single head

शिक्षा बिकास तथा समन्वय एकाइ नवलपुरको प्रमुखमा गोविन्द शर्माको आगमन

single post top 1

हिमालदेव पंगेनी, भाद्र ५ गते
शिक्षा बिकास तथा समन्वय एकाइ नवलपुरको प्रमुखका रूपमा गोविन्द शर्मा आउनुभएको छ । शिक्षा बिकास तथा समन्वय एकाइ नवलपुरमा उपसचिवको दरबन्दी थपिएसँगै शर्मा इकाई प्रमुखको रुपमा आउनुभएको हो । उहाँसगै दुई जना शाखा अधिकृतको पनि दरवन्दी थपिएको समेत इकाई प्रमुख गोविन्द शर्माले बताउनुभयो । यस अघि अधिकृतको भरमा सञ्चालन हुदै आएको इकाईमा दरवन्दी थपिएसँगै कार्य सम्पादन गर्न सजिलो हुने भएको प्रमुख शर्माले बताउनुभयो । यसैबिच प्रमुख शर्मालाई नेपाल शिक्षक महासँघ नवलपुरको आयोजनामा शिक्षकका घटक संगठनहरुको सहभागितामा कार्यालयमै एक समारोहका बिच स्वागत एवम् सम्मान कार्यक्रम समेत सम्पन्न भएको छ ।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3