single head

नमुना शिवनगर खानेपानीको आगामी नयाँ नेतृत्वको अध्यक्ष पदमा प्रकाश भुसालको दाबी

single post top 1

गैँडाकोट । गैँडाकोट नगरपालिका–६ मा रहेको नमुना शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आगामी नेतृत्वका लागि संस्थाका वर्तमान सचिव प्रकाश भुसाल अध्यक्ष पदका प्रमुख आकांक्षीका रूपमा देखिएका छन्।
संस्थाको भदौ २९ गते बसेको बैठकले आगामी असोज ३ गते साधारणसभा तथा अधिवेशन गर्ने निर्णय गरेसँगै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने भएको छ। आगामी अधिवेशनमा अध्यक्ष पदका लागि भुसालले आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका छन्।

single p1

युवा समाजसेवीका रूपमा परिचित भुसालले विभिन्न सामाजिक तथा संघसंस्थामा नेतृत्वदायी जिम्मेवारी सम्हाल्दै आएको अनुभवलाई आफ्नो प्रमुख आधार बनाएका छन्। उनी हाल शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिवका रूपमा कार्यरत छन्। भुसालसँग सहकारी क्षेत्रमा समेत लामो अनुभव छ। गैँडाकोटमा गण्डकी बचत तथा ऋण सहकारी संस्था स्थापना हुनुअघि अविरत बचत तथा ऋण सहकारी संस्थामा दुई कार्यकाल सदस्य र दुई कार्यकाल सचिव भएर काम गरेको अनुभव उनीसँग छ। त्यस्तै, गैँडाकोट–६ मा रहेको पारिजात पार्क तथा संरक्षण अभियानका संस्थापक सचिव समेत रहेका भुसालले विभिन्न सामाजिक संघसंस्थामा रहेर काम गरिसकेका छन्।

single p2

संस्थाको वर्तमान कार्यसमितिमा सचिवको जिम्मेवारी सम्हाल्दै खानेपानी तथा सरसफाइ क्षेत्रको व्यवस्थापन र उपभोक्ताका समस्यासँग नजिक रहेर काम गरेको अनुभवलाई उनले आगामी नेतृत्वका लागि महत्वपूर्ण आधारका रूपमा लिएका छन्।
भुसाल नेपाली कांग्रेस गैँडाकोट–६ का वडा सभापति समेत हुन्। सामाजिक, सहकारी तथा राजनीतिक क्षेत्रमा समेत सक्रिय रहेका भुसालले संस्थाको आगामी नेतृत्वमा आफूलाई अघि सार्दै उपभोक्तामैत्री, पारदर्शी र प्रभावकारी ढंगबाट संस्थालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
असोज ३ गते हुने साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले नमुना शिवनगर खानेपानीको आगामी नेतृत्वका लागि भुसालको दाबीलाई चासोका साथ हेरिएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3