spot_img

Wednesday, April 15, 2026

त्रिशक्तिनगर टोल सुधार समिति द्धारा मृगौला पीडितलाई आर्थिक सहयोग

गैँडाकोट। नवलपरासी पूर्व गैँडाकोट-४ स्थित त्रिशक्तिनगर टोल सुधार समितिले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । मृगौला पीडित सोममाया कुवरको उपचारका लागि पन्ध्र हजार पाँच सय रुपैयाँ उहाँको श्रीमान् चेतबहादुर कुवरलाई हस्तान्तरण गरिएको त्रिशत्तिनगर टोल सुधार समिति का अध्यक्ष घनश्याम कडेलले जानकारी दिनुभयोे।अध्यक्ष  कडेलले वि.सं. २०६४ सालमा स्थापना भएको अक्षयकोष मार्फत संस्थाले पीडितलाई निरन्तर सहयोग गर्दै आएको बताउनुभयो। उहाँले समस्या सबैलाई पर्न सक्ने भएकाले दुःख परेका बेला सानो भए पनि सहयोग गर्नु आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा कुवर समाज नेपाल चितवन-नवलपुरका वरिष्ठ उपाध्यक्ष तथा समितिका संस्थापक अध्यक्ष दुर्गाजित कुवर, कुवर समाज चितवनका अध्यक्ष गोपाल कुवर लगायतले संस्थाले विगत देखि नै वृद्ध, असहाय र दीर्घरोगीलाई सहयोग गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिनु राम्रो रहेको विचार व्यक्त गरेका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपाध्यक्ष कृष्ण सापकोटाले वि.सं. २०६२ मा स्थापना भएको संस्थाले मानवीय सेवालाई प्राथमिकतामा राख्दै सामाजिक कार्य गर्दै आएको उल्लेख गर्नुभयो । कुवर परिवार आर्थिक रूपमा कमजोर रहेको र ६ सदस्यीय परिवार धान्न चुनौतीपूर्ण अवस्थामा रहेकाले सहयोग गरिएको सापकोटाले बताउनुभयो।

गैँडाकोट-९ थुम्सीका कुवरको हाल गोरखास्थित अस्पतालमा डायलाइसिस भइरहेको श्रीमान् कुवरले जानकारी दिनुभयो।पीडितका श्रीमान् चेतबहादुर कुवरले समितिको सहयोगप्रति आभार व्यक्त गर्नुभयोे।

सो अवसरमा कुवर समाज चितवनका सल्लाहकार छमबहादुर कुवर, त्रिदेव टोल विकास समितिका अध्यक्ष वासुदेव आचार्य, शान्तिश्री टोल विकास समितिका अध्यक्ष डिल्लीप्रसाद सापकोटा, सिद्धिविनायक टोल विकास समितिका अध्यक्ष तारा पण्डित, कुवर समाज गैँडाकोटका सल्लाहकार पदमबहादुर कुवर, लोकबहादुर कुवर र कुवर समाज नेपालका हरिबहादुर कुवर लगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रमको सहजीकरण त्रिशक्तिनगर टोल सुधार समितिका सचिव ओमप्रकाश पराजुलीले गर्नुभएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :