single head

मुग्लिन–नारायणगढ सडकखण्डमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द

single post top 1

साउन १२ चितवन । मुग्लिन–नारायणगढ सडकखण्डमा सुक्खा पहिरो खस्ने क्रम नरोकिएपछि आज राति ८ बजेदेखि  सवारी आवागमन बन्द गरिएको छ।

single p1

जिल्ला प्रशासन कार्यालय चितवनले मङ्गलवार साँझ सूचना जारी गर्दै राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको हो।

single p2

कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत अनिता खिजालीले रातिको समयमा सवारी सञ्चालन गर्दा मानवीय जोखिम बढ्ने भएकाले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै आवागमन बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार मुग्लिन बजार नजिकै नारायणगढतर्फ सडकमाथिबाट सुक्खा पहिरो निरन्तर झरिरहेकाले सडक पूर्ण रूपमा सुरक्षित नभएसम्म रातिको समयमा सवारी सञ्चालन रोकिएको हो।

प्रशासनले सो अवधिमा अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध गरेको छ। साथै सडकको अवस्था हेरेर थप निर्णय गरिने जनाएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3