single head

आजको राशिफल (वि. सं २०८२ साउन १२ गते सोमबार, श्रावण शुक्लपक्ष चतुर्थी तिथि )

single post top 1

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक तथा बौद्धिक क्रियाकलापमा सफलता मिल्ने समय रहेको छ। परिक्षा र प्रतिस्पर्धात्मक कार्यहरूमा सकारात्मक नतिजा देखिन सक्छ। सृजनात्मक तथा बौद्धिक क्षेत्रमा सक्रिय रहनेहरूका लागि उपलब्धिको संकेत देखिन्छ। व्यवसाय तथा रोजगारीबाट मध्यम लाभ प्राप्त हुने सम्भावना छ।

single p1

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्यमा मन नलाग्ने, निर्णयप्रति अन्योल देखिने तथा पारिवारिक र सामाजिक सम्बन्धमा असमझदारी बढ्न सक्ने समय छ। आफन्त र सहयोगी पक्षबाट अपेक्षित साथ नपाइने सम्भावना रहेकोले संयमता अपनाउनु उपयुक्त हुनेछ।

single p2

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) पराक्रममा वृद्धि हुने समय रहेकोले महत्वाकांक्षी कार्यहरूमा आत्मविश्वासपूर्वक अघि बढ्न सकिनेछ। दाजुभाइ तथा नजिकका साथीहरूको समर्थन प्राप्त हुनेछ। शैक्षिक तथा व्यवसायिक क्षेत्र दुवैमा राम्रो नतिजा मिल्ने सम्भावना छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यावसायिक क्षेत्रबाट मध्यम लाभ हुने देखिन्छ भने पारिवारिक पक्ष सन्तोषजनक रहनेछ। अध्ययनमा लगाव बढ्नेछ र विद्यार्थीहरूले मनग्ये प्रगति गर्न सक्छन्। पारिवारिक जमघट तथा मित्रतापूर्ण सम्बन्ध विस्तार हुने योग छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्थिक लाभ तथा पारिवारिक सन्तुष्टिका लागि अनुकूल समय हो। व्यापार व्यवसायमा अपेक्षित लाभ प्राप्त हुने सम्भावना छ। रोजगारीका क्षेत्रमा पदोन्नति तथा सम्मान प्राप्त गर्न सकिने देखिन्छ। विद्यार्थीहरूका लागि अध्ययन र परिक्षामा सफलता मिल्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) दैनिक जीवनमा चाप तथा खर्चको वृद्धि हुन सक्छ। वित्तीय निर्णय गर्दा विवेक अपनाउनु उपयुक्त हुनेछ। पारिवारिक तथा पेशागत दायित्वमा तालमेल मिलाउन कठिनाइ हुन सक्छ। अध्ययनमा समय दिन नसकिने सम्भावना छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पछिल्लो समयका प्रयासहरूबाट लाभ प्राप्त हुन सक्छ। आर्थिक पक्षमा सुधार आउनेछ। शैक्षिक नतिजा अपेक्षित रुपमा प्राप्त हुने सम्भावना छ। पारिवारिक वातावरण सुखद रहनेछ र प्रेम जीवनमा विश्वासको पुनःस्थापना हुन सक्छ। सानोतिनो यात्राको सम्भावना पनि देखिन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ योजना प्रारम्भ गर्न अनुकूल समय हो। व्यवसाय विस्तार, लगानी तथा नयाँ अवसरहरू खोज्न सकिनेछ। पद प्रतिष्ठा बढ्नेछ। अध्ययन तथा अनुसन्धानको क्षेत्रमा पनि राम्रो प्रगति हुने देखिन्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धार्मिक र सामाजिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। तर, वाणी तथा व्यवहारमा संयमता नअपनाउँदा विवाद उत्पन्न हुनसक्छ। हतारमा गरिएका निर्णयहरू पछुतोको कारण बन्न सक्छन्। शैक्षिक र पारिवारिक पक्ष सामान्य रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सावधानीपूर्वक अघि बढ्नु पर्ने समय हो। सवारी वा औजार प्रयोग गर्दा सतर्कता आवश्यक छ। प्रतिस्पर्धामा पछाडि पर्ने खतरा देखिन्छ। सहकर्मी वा प्रतिस्पर्धीबाट उत्पन्न हुने अवरोधबाट सचेत रहनुपर्छ। शैक्षिक क्षेत्रमा अल्छीपन हाबी हुन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) पेशागत यात्राको सम्भावना छ, जसबाट आर्थिक फाइदा हुनसक्छ। संवाद तथा वाणी प्रभावशाली बन्ने समय हो, जसले सम्बन्ध सुधार्न मद्दत पुर्याउनेछ। प्रेम र वैवाहिक सम्बन्धमा न्यानोपन बढ्नेछ। विद्यार्थीहरूले राम्रो प्रगति गर्न सक्नेछन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) नयाँ योजना, लगानी वा व्यवसायको प्रारम्भ गर्न अनुकूल दिन हो। स्वास्थ्य, प्राविधिक वा सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरूका लागि विशेष सफलता मिल्ने सम्भावना छ। पारिवारिक तथा प्रेम जीवनमा सन्तुलन र खुसी कायम रहनेछ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3