spot_img

Saturday, January 17, 2026

नारायणघाट – बुटवल सडकको दाउन्ने बाहेक अधिकांश भागमा कालोपत्र

गैडाकोट । नारायणघाट -बुटवल सडकको अधिकांश भागमा कालोपत्रे गरिएको छ । दाउन्ने बाहेक ११३.५३ किलोमिटर लामो नारायणघाट(बुटवल सडकको प्राय: सबै ठाउँमा कालोपत्रे गरिएको नारायणघाट(बुटवल सडक योजनाले जनाएको छ । अधिकांश सडक कालोपत्रे भएसँगै यात्रा सहज भएको सडक योजनाको विश्वास छ ।

आयोजनाका अनुसार तर, दाउन्नेमा भने चालु वर्षा र आउँदो हिउँदसम्म अलि दुस्ख हुने छ । त्यसपछि १३ किलोमिटर लामो दाउन्नेको यात्रा पनि पूर्ण सहज र सुरक्षित हुने आयोजनाको विश्वास छ । ११३.५३ किलोमिटर लामो नारायणघाट-बुटवल सडकमा दाउन्नेबाहेक अन्यत्र प्राय: सबै ठाउँमा कालोपत्रे भएसँगै यात्रा सहज भैसकेको छ ।

चालु वर्षा र आउँदो हिउँदको केही समय दाउन्नेमा अलि दुख पक्कै होला, आयोजनाले लेखेको छ, तत्पश्चात १३ किलोमिटर लामो दाउन्नेको यात्रा पनि यहाँ देखाइएको एआई जेनेरेटेड सडकजस्तै पूर्ण सहज र सुरक्षित हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छौं ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :