single head

नेपालि कांग्रेस गैँडाकोट–८ द्वारा क्रियाशील सदस्य स्वागत तथा बीपी कोइराला–एक चिनारी प्रस्तुतिकरण कार्यक्रम सम्पन्न

single post top 1

गैँडाकोट । नेपाली कांग्रेस गैँडाकोट नगरपालिका वडा नं. ८ ले क्रियाशील सदस्य स्वागत तथा बीपी कोइराला–एक चिनारी प्रस्तुतिकरण कार्यक्रम सम्पन्न गरेको छ। नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसर पारेर शनिबार विकास स्रोत केन्द्रको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।

single p1

कार्यक्रममा नेपाली कांग्रेस वडा नं. ८ मा आबद्ध नवआगन्तुक तथा नयाँ क्रियाशील सदस्यहरूलाई स्वागत गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले नेपाली कांग्रेसको लोकतान्त्रिक आन्दोलनमा बीपी कोइरालाले पु¥याएको योगदान, उहाँको राजनीतिक संघर्ष, साहित्यिक व्यक्तित्व तथा नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको भूमिकाका बारेमा चर्चा गरेका थिए।

single p2

कार्यक्रममा प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य शालिकराम सापकोटाले बीपी कोइरालाको राजनीतिक जीवन र प्रजातन्त्र स्थापनाका लागि उहाँले गर्नुभएको संघर्षका विषयमा आफ्नो धारणा राख्नुभएको थियो। उहाँले बीपीको विचार, आदर्श र राजनीतिक योगदानलाई वर्तमान पुस्ताले बुझ्न र आत्मसात् गर्नुपर्नेमा जोड दिनुभएको थियो।

त्यसैगरी नेपाली कांग्रेस महासमिति सदस्य तथा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बीपी कोइरालाको विचार र लोकतान्त्रिक मूल्य–मान्यताको सान्दर्भिकताबारे चर्चा गर्नुभएको थियो। उहाँले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टीको इतिहास, विचार र सिद्धान्तलाई बुझेर संगठनलाई थप सुदृढ बनाउन भूमिका खेल्नुपर्ने बताउनुभएको थियो।

लोकतान्त्रिक कानुन व्यवसायी संघ नवलपुरका जिल्ला अध्यक्ष चेतनारायण भुसालले लोकतन्त्र, नागरिक स्वतन्त्रता र विधिको शासनका पक्षमा बीपीले अघि सारेका विचार आज पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभएको थियो।

कार्यक्रममा बीपी कोइरालाको जीवन, व्यक्तित्व र राजनीतिक योगदानका विषयमा खेमराज सापकोटाले विशेष प्रस्तुति दिनुभएको थियो। उहाँले बीपीको बाल्यकालदेखि राजनीतिक यात्रासम्मका विभिन्न पक्षलाई समेट्दै उहाँको संघर्षपूर्ण जीवन र नेपालको राजनीतिक परिवर्तनमा रहेको योगदानका बारेमा जानकारी गराउनुभएको थियो।
त्यस्तै तेजेन्द्र रानाले बीपीका साहित्यिक कृतिहरू, राजनीतिक विचार र पुस्तकहरूमा अभिव्यक्त भएका विषयवस्तुबारे चर्चा गर्दै बीपीलाई राजनीतिक नेताका रूपमा मात्र नभई एक विशिष्ट साहित्यकार र चिन्तकका रूपमा समेत बुझ्नुपर्ने धारणा राख्नुभएको थियो।

कार्यक्रममा नवआगन्तुक सदस्यहरूको तर्फबाट कृपा सुवेदीले नेपाली कांग्रेसको संगठनमा आबद्ध हुन पाउँदा आफूहरू उत्साहित रहेको बताउँदै पार्टीको विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्यलाई आत्मसात् गर्दै संगठनको हितमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

यसैगरी क्षेत्रीय प्रतिनिधि प्रेमप्रसाद सापकोटा (राजु)ले बीपी कोइरालाको जीवन, विचार र योगदानलाई समेटेर कविता वाचन गर्नुभएको थियो।

नेपाली कांग्रेस गैँडाकोट वडा नं. ८ का सभापति रामप्रसाद सापकोटाले बीपी कोइरालाको विचार र योगदानलाई स्मरण गर्दै उहाँले देखाउनुभएको लोकतान्त्रिक मार्गमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाली कांग्रेस गैँडाकोट वडा नं. ८ का क्रियाशील सदस्य, समाजसेवी, पार्टीका विभिन्न तहमा आबद्ध नेता–कार्यकर्ता तथा नवआगन्तुक सदस्यहरूको उपस्थिति रहेको थियो।
नेपाली कांग्रेस गैँडाकोट वडा नं. ८ का सभापति रामप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण वडा सचिव डिलाराम सापकोटाले गर्नुभएको थियो। कार्यक्रममार्फत नयाँ सदस्यहरूलाई संगठनसँग थप जोड्दै नेपाली कांग्रेसको इतिहास, विचार र सिद्धान्तबारे जानकारी गराउने उद्देश्यसमेत लिइएको आयोजकले जनाएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3