single head

गैंडाकोटमा ‘१०औँ जिल्ला स्तरीय महिला तेक्वान्दो च्याम्पियनसिप हुँदै

single post top 1

भदौ २० गैंडाकोट। नवलपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा “१०औँ नवलपुर जिल्ला स्तरीय महिला तेक्वान्दो च्याम्पियनसिप–२०८३” गैंडाकोटमा हुने भएको छ।
महिला तेक्वान्दो खेलाडीहरूलाई हौसला प्रदान गर्न र खेलप्रति रुचि जगाउनको लागि यही भाद्र २१ गते आइतबार बिहान ७:०० बजे देखि गैंडाकोट–२ स्थित मानसरोवर होटल एण्ड ब्याङ्क्वेटमा प्रतियोगिता हुने भएको हो।
नवलपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष भूमिश्वर भुसाल का अनुसार प्रतियोगिता संघको वार्षिक कार्यक्रम अन्तर्गत महिला तेक्वान्दो खेलको विकास, महिला खेलाडीहरूको सहभागिता विस्तार तथा खेलमार्फत महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

single p1

प्रतियोगितामा नवलपुर जिल्लाभरका विभिन्न डोजाङका महिला खेलाडीहरूले विश्व तेक्वान्दो (WT) का नियमअनुसार १६ वटा तौल समूहमा करिब १५० जनाले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा महिला प्रशिक्षक, अफिसियल तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।

single p2

प्रतियोगिताका लागि सम्पूर्ण खेलाडी, अभिभावक, खेलप्रेमी, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई प्रतियोगितामा उपस्थित भई कार्यक्रम सफल बनाउन आयोजकले अनुरोध गरेको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3