single head

गुल्मी अर्घाखाँची सम्पर्क समाज गैँडाकोटले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रू ३१,००० आर्थिक सहयोग

single post top 1
 गैँडाकोट । विपद्को यो बेलामा समाजप्रतिको उत्तरदायित्व बहन गर्दै गुल्मी अर्घाखाँची सम्पर्क समाज गैँडाकोटले एक अनुकरणीय र सराहनीय कदम चालेको छ। समाजले बाढी, पहिरो तथा विभिन्न विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रू ३१,००० (एकतीस हजार रुपैयाँ) आर्थिक सहयोग जम्मा गरेको छ।
अप्ठ्यारोमा परेका देशवासीलाई सहयोग गर्नु हामी सबैको साझा कर्तव्य हो। स्थानीय स्तरबाट यसरी जुटाइने सहयोगले पीडित परिवारहरूलाई ठूलो राहत मिल्नुका साथै समाजमा आपसी सद्भाव, एकता र मानवीय भावना अझ बलियो बन्ने गर्दछ।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3