गैँडाकोट । सुनाखरी महिला समूह वडा नं. १६–१७ ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित बाढीपीडित परिवारका लागि ५१ हजार रुपैयाँ बराबरका खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेको छ।
समूहले संकलन गरेको उक्त राहत सामग्री गैँडाकोट नगरपालिका वडा नं. १६ को कार्यालयमार्फत बाढी प्रभावित परिवारलाई उपलब्ध गराउने गरी हस्तान्तरण गरिएको हो।
विपद्को कठिन परिस्थितिमा पीडित परिवारको दुःखमा साथ दिँदै गरिएको सहयोगले सामाजिक एकता, सहकार्य र मानवीय सेवाभावलाई थप बलियो बनाएको गैडाकोट वडा नम्वर १६का वडाध्यक्ष बिनोद मल्लले जानकारी दिनुभयो ।
सुनाखरी महिला समूहद्वारा बाढीपीडितका लागि ५१ हजार रुपैयाँ बराबरको राहत सामग्री सहयोग








