single head

आकर्षक पूर्वाधार भएको जनक मा.वि.अझै आकर्षक बन्दै

single post top 1

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित जनक नमुना माध्यमिक विद्यालय देशभरका दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण गर्ने सरकारी योजनामा छनोट भएसँगै थप आकर्षक पूर्वाधार सहितको विद्यालय बन्ने भएको छ । विद्यालयलाई सरकारले छनोट गरेसँगै आधुनिक पूर्वाधार विकास र शैक्षिक गुणस्तर अभिवृद्धिको अपेक्षा समेत गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले देशभरका पहिलो चरणमा ८९ वटा विद्यालय छनोट गर्दा जनक नमुना मा वि पनि छनौटमा परेको हो । उत्कृष्ट पूर्वाधार रहेको यस विद्यालयमा छनौटमा परेसँगै अझै आकर्षक विज्ञान प्रयोगशाला र पुस्तकालय बन्ने भएपछि थप आकर्षक बन्ने भएको हो । विद्यालयलाई यस महत्वपूर्ण योजनामा समावेश गरी बजेट विनियोजन गरिएकोमा विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डितले नेपाल सरकार तथा सम्बन्धित मन्त्रालयप्रति आभार व्यक्त गर्नुभएको छ । प्रधानाध्यापक पण्डितले यो उपलब्धि कुनै एक व्यक्तिको प्रयासबाट मात्र सम्भव नभएको उल्लेख गर्दै विद्यालय व्यवस्थापन समिति, गैँडाकोट नगरपालिकाका नगर प्रमुख, शिक्षा विकास तथा समन्वय इकाई, नगरपालिकाको शिक्षा शाखा, शिक्षक तथा कर्मचारी, अभिभावक, वर्तमान तथा पूर्वविद्यार्थी, शुभचिन्तक र स्थानीय समुदायको योगदानको प्रशंसा गर्नुभएको छ । विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द घिमिरेले उक्त कार्यक्रमले आफुहरु उत्साहित भएको भन्दै आगामी दिनमा धेरै विद्यार्थीहरु लाभान्वित हुनेमा खुसी व्यक्त गर्नुभयो । त्यसैगरी विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधी दीपक ढुङ्गानाले आधुनिक भवन, प्रयोगशाला र पुस्तकालय निर्माण भएपछि विद्यार्थीले थप सहज, व्यवस्थित र प्रविधिमैत्री वातावरणमा अध्ययन गर्ने अवसर पाउने अपेक्षा गरिएको बताउनुभयो ।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3