single head

एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल 

single post top 1

गैडाकोट । र्गैंडाकोटको पहिलो पब्लिक क्याम्पस सूर्यभक्त पतनादेवी मेमोरियल (एसपीएम) कलेजमा बुधवार सम्पन्न भेलाले प्राध्यापक संघको सभापतिमा प्राध्यापक गोविन्द रिमाललाई चयन गरेको छ । निर्वाचन समितिका संयोजक प्राध्यापक शिवजी अधिकारीका अनुसार समितिको उपसभापतिमा महेश्वर पौडेल, सचिव सुजन अधिकारी, कोषाध्यक्ष श्री सुकदेव सुबेदी, सह–सचिवमा कमलराज घिमिरे रहनुभएको छ । त्यसैगरी समितिका सदस्यहरूमा शरदचन्द्र खनाल, विद्या पराजुली, भूमिका गैरे, वीरेन्द्र राय र रञ्जना लामिछानेलगायतका प्राध्यापकहरु रहनु भएको छ । भेलाबाट सम्पूर्ण पदाधिकारी तथा सदस्य निर्विरोध चयन गरिएको हो । कलेजमा यस अघि सम्पन्न कार्यक्रम सभापति अर्जुन गिरीको सभापतित्वमा सम्पन्न भएको थियो । सो सन्दर्भमा कलेजका प्राचार्य दीपेन्द्र पौडेलले शुभकामना व्यक्त गर्दै कलेजको संस्थागत र शैक्षिक विकासमा सहयोग पुग्ने बताउनुभयो । त्यसैगरी कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति गणेश श्रमणले विगतदेखि वर्तमानको यात्रा स्मरण गराउनुभयो । सचिव मौसमलाल गुप्ताको सहजीकरण रहेको सो कार्यक्रममा प्राध्यापक बालकृष्ण थपलिया, अरुण कार्की, स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्याम बाचेमगरलगायत अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा दशैं, तिहार, छठ र नेपाल सम्वत ११४७ को अवसरमा शुभकामनासमेत आदानप्रदान गरिएको थियो ।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3